Like us!
Follow us!
Connect us!
Watch us!

माण्डु र माइ खोला हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ११ : १० मा प्रकाशित

माण्डु र माइ खोला हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

माण्डु हाइड्राेपावर कम्पनी लिमिटेड र माइ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दुवै कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएकाे छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी, प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले आफ्नो सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माइ खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको