Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर, लगियो पाटन अस्पताल

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १२ : ३६ मा प्रकाशित

तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर, लगियो पाटन अस्पताल

आमरण अनसनरत तिलक काेइराकाे स्वास्थ्य अवस्था गम्भिर भएपछि अहिले उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले हिजाे लगानीकर्ताहरूलाई भेटी आजसम्ममा लगानीकर्ताहरुलाई अर्थमन्त्रालयसFग समन्वय गरेर ठोस योजना दिने बताएका छन् ।

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका थिए । कोईरालाको अनसनमा लगानीकर्ता सम्बद्ध सबै संगठनहरु साथै विभिन्न राजनितीक दल र तिनका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् । 

 

62b16b4a46d06.jpg 62b16b4acfecb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको