Like us!
Follow us!
Connect us!
Watch us!

माथिको आदेश भन्दै प्रहरीले अस्पतालमै बन्धक बनाए तिलक कोईरालालाई

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १५ : २३ मा प्रकाशित

माथिको आदेश भन्दै प्रहरीले अस्पतालमै बन्धक बनाए तिलक कोईरालालाई

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाटन अस्पताल लगिएका तिलक कोईरालालाई प्रहरीले अस्पतालबाट निस्किन दिएको छैन।

अस्पतालले उनको स्वास्थ्य अवस्था ठिक रहेको भन्दै डिस्चार्ज गरिसकेपछि पुन: धितोपत्र बोर्डमै फर्कीई अनसनलाई निरन्तरता दिन चाहेका कोइरालालाई माथिको आदेश भन्दै प्रहरीले अस्पतालबाट बाहिर निस्किन नदिएकाे हाे ।

पुँजीबजारको सुधार र विकास सम्बन्धी १९ बुँदे माग राख्दै आमरण अनसनमा बसेका कोईरालाको आज अनसनको सातौँ दिन हो। डाक्टरले स्वास्थ्य परिक्षण गर्दा अस्पताल लैजान सल्लाह दिए बमोजिम उनलाई पाटन अस्पताल लगिएको थियो।   

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका थिए । कोईरालाको अनसनमा लगानीकर्ता सम्बद्ध सबै संगठनहरु साथै विभिन्न राजनितीक दल र तिनका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको