Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड पुगे युवा संघका निवर्तमान अध्यक्ष

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १६ : ०० मा प्रकाशित

धितोपत्र बोर्ड पुगे युवा संघका निवर्तमान अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी  एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले सेयर लगानीकर्ताहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। युवा संघका निवर्तमान अध्यक्ष वचन बहादुर सिंह आज धितोपत्र बोर्ड पुगी अनसनरत तिलक कोईरालालाई भेटि उनको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिँदै सेयर लगानीकर्ताहरु यसरी आमरण अनसन जस्तो कठोर आन्दोलन गर्न बाध्य हुनु दु:खद रहेको बताए।  लगानीकर्ताहरुले राखेका मागहरुको तत्काल सम्बोधन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्। 

नियामकहरुको सेयर बजार बिरोधी नीतिका कारण समस्या आईरहेको भन्दै लगानीकर्ताहरु आन्दोलित छन्। १९ बुँदे माग राख्दै लगानीकर्ता तिलक कोइराला आमरण अनसन बसेको आज सातौँ दिन भैसकेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको