Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १३ : २५ मा प्रकाशित

रवि लामिछानेको पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेले नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी परेकाे छ । उनले हिजाे मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामकाे दल दर्ता गर्नका लागि निवेदन दिएका थिए । 

निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरु मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाह लगायतले  'स्वतन्त्र' शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकाे भन्दै उजुरी दिएका हुन् । 

उनकाे दलको नाम स्वतन्त्र रहँदा समाजमा भ्रम र अन्योल उत्पन्न हुने तथा स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने भएकाले यस सम्बन्धमा विचार गरी उपयुक्त निर्णय लिन माग गरिएकाे हाे । 

62b2c9401905e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको