Like us!
Follow us!
Connect us!
Watch us!

ठगीको आरोपी इच्छाराजलाई छुटाउन २ करोडकाे सेटिङ !

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १३ : ४७ मा प्रकाशित

ठगीको आरोपी इच्छाराजलाई छुटाउन २ करोडकाे सेटिङ !

सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो सार्वजनिक भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र तामाङको पक्षमा बहस गरिरहेका वकिल रुद्र प्रसाद पोख्रेलबीच दुई करोड घुस लिएर उनलाई धरौटीमा रिहा गराउन भएको टेलिफोन संवाद हिजाे मंगलबार साँझ न्युज-२४  टेलिभिजनमा प्रसारण भएको थियो । 

१० करोड रुपैयाँ धरौटी लिएर तामाङलाई रिहा गर्ने योजना बनाइएको थियो । सार्वजनिक भएकाे अडियाेमा सुनिए अनुसार वकिल पोख्रेल र न्यायाधीश राजकुमार कोइरालाबीच १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र यो काम गरेबापत २ करोड लिने डिल भएकाे थियाे ।

लगभग १० मिनेट लामो उक्त अडियाेमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि-फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भनेका छन् । त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएका छन् । 

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको