Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको त्यो पत्र.... जसले रोक्यो तिलक कोइरालालाई अनसन तोड्न

अर्थ संसार

बुधबार, ०८ असार २०७९, २२ : ०४ मा प्रकाशित

पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला विभिन्न १९ बुँदे मागसहित आठौ दिनमा आइपुग्दा केहि सार्थक पहल भएको छ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफै उपस्थित भएर समस्या समाधान समिति गठन गर्न तयार भए। उनले कोइरालालाई अनसन तोड्न आग्रह गर्दा कोइरालाले तत्काल समस्या समाधान समिति गठन गर्न र उनका १९ बुदामा कुन माग कहिले पुरा हुन्छ भन्ने विश्वस्त दिलाउन सके आफु अनसन तोड्न तयार रहेको बताए। 

हेर्नुस भिडियो 




बोर्डको प्रस्ताव 

आन्दोलन र आमरण गरे अन्त गरे पछ्यात बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक बिनय देव आचार्य र कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट २ जना तथा नेपाल सरकारबाट मान्यता प्राप्त संघका १-१ प्रतिनिधि रहेन गरि समस्या समाधान समिति गठन गर्ने प्रस्ताव गरेको थियो। 



तिलक कोइरालाले भने पत्र​ संचाएर ल्याउनुस 

लगतै तिलक कोइरालाले अनसन तोडेपछि समिति गठन गर्ने कुरा मान्य नहुने बताए। उनी भन्छन अनसन अन्त यस समितिले आफ्नो काम सम्पन्न गरेर हस्ताक्षर गरेपछि हुन्छ। उनले समिति गठन गरेर निर्णय गरेपछि आफुले अनसन तोड्ने भन्दै पत्र फिर्ता गरे।  

पत्र फर्केर सेबोन पुग्दा अध्यक्ष हमाल कामको सिलसिलामा बाहिर गएपछि ठोस निर्णय आउन सकेन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको