Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाको बजेट करिब २५ अर्ब हुने

पत्रपत्रिका

शुक्रबार, १० असार २०७९, ०६ : ५७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको बजेट करिब २५ अर्ब हुने

काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन्।

उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ । ‘कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ । त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछ’ – कामपा स्रोतले भन्यो ।

बसस्टपहरूमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइने, पुराना हिटी तथा पोखरीको पुनःस्थापना, संरक्षण तथा संवद्र्धन गरिने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिन बजेट छुट्टयाइएको छ । नीति तथा कार्यक्रममा उल्लेख भएका विषयलाई चरणबद्ध विश्लेषण गरी बजेट तयार गरिएको कामपाको भनाइ छ ।

मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा। शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायत टिमले बजेट तयार गरिरहेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको