Like us!
Follow us!
Connect us!
Watch us!

‘नेप्से अझै केही तल झरेपनि धेरै समय डाउनमा बस्दैन, बजारले छिट्टै ‘यु-टर्न’ लिन्छ’

लगानीकर्ताको आवाज

शुक्रबार, १० असार २०७९, ०७ : २१ मा प्रकाशित

नेपालको पूँजीबजारका ठुला एबं अनुभवि लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले अब नेप्से धेरै घट्ने ठाँउ नभएको र केहि सय दुईसय अंकको करेक्सन आएपनि बजार धेरै समय डाउनमा नबस्ने र तुरुन्तै युटर्न हुने बताएका छन् । अर्थसंसारको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

‘बजार अब धेरै घट्ने ठाँउ म देख्दिन हुन सक्छ यहाँबाट अझै सय दुई सयको करेक्सन आउन सक्ला तर बजार धेरै समय डाउनमा बस्ने म देख्दिन’ उनले भने ‘अब आएर लगानीकर्ताहरु धेरै प्यानिक हुन पर्ने छैन जति जति घट्नु घटिसक्यो मलाई लाग्छ अब आगामी आर्थिक बर्षमै एउटा बुल त आँउछ आँउछ जसले पुरानो हाईलाई त पक्कै ब्रेक गर्छ’ । 

नेपालको पूँजी बजारमा अझै पनि परिपक्वता नआएको उनको तर्क छ । ‘यदि बजार केहि परिपक्व भएको भए अहिले बजारमा देखिएको जति गिरावट आउने थिएन’ उनले भने’ ‘२७०० २८०० को बिन्दुमा छिरेका नयाँ लगानीकर्ताहरु थप प्यानिक बन्दा पनि बजार प्रभावित भयो नयाँ लगानीकर्ताहरु स्मार्ट बन्नु पर्छ’ । 

प्रधानसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको