Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र पुँजीबजार सुधार संघले कोइरालालाई दियो धन्यवाद, -'सम्झौता कार्यान्वयनमा पुर्ण सहयोग हुनेछ'

अर्थ संसार

सोमबार, १३ असार २०७९, ०६ : २३ मा प्रकाशित

स्वतन्त्र पुँजीबजार सुधार संघले कोइरालालाई दियो धन्यवाद, -'सम्झौता कार्यान्वयनमा पुर्ण सहयोग हुनेछ'

स्वतन्त्र पुँजी बजार सुधार संघले राज्यको अस्थिर नीतिका कारण आम लगानीकर्ताहरुले खर्बौको नोक्सानी वेहोर्नु परेको बताएको छ । आईतबार एक विज्ञप्ती मार्फत संघले शुक्रबार धितोपत्र बोर्ड र अनशनरत लगानीकर्ता तिलक कोईरालाका बिचमा भएको सहमतिको स्वागत गर्दै तिलक कोईरालाप्रति आभार समेत व्यक्त गरेका छन् । 

मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजीबजारमा हाल करिब ५२ लाख लगानीकर्ताहरु आवद्ध रहेको तथ्याङ्कले देखाएको छ । हालका दिनहरुमा पूँजीबजारप्रतिको सर्वसाधारण जनताको आकर्षण दिनानुदिन बढदै गइरहेको र आम लगानीकर्ताहरु यसलाई जिविकाको स्रोतका रुपमा लिदै स्वरोजगार बन्दै गइरहेको कुरा विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा भनिएको छ 'समग्र पुँजीबजारको दिगो विकास एवं विस्तारका लागि स्वतन्त्र पुँजीबजार सुधार संघ २०७८ साल पौष ५ गते कानुनत स्थापना भई निरन्तर रुपमा आम लगानीकर्ताहरुको पक्षमा आवाज बुलन्द गर्दै अगाडी बढिरहेको जानकारी गराउन चाहन्छौ । राज्यको अस्थिर नीतिका कारण आम लगानीकर्ताहरुले विभिन्न उतारचढावको सामना गरिरहनु परेको छ, जसका कारण ९ महिनाको अवधिमा करिव १५ खर्बको नोक्सान व्यहोर्न परेको छ । राज्यका नियमन निकायहरुबाट पूँजीबजारमा स्पष्ट नीतिगत आधार खडा गरी नियमन गरिनुपर्नेमा आम लगानीकर्ताहरुद्धारा स्थिर नीति निर्माणका लागि आवाज उठाई आन्दोलन गरिनु आफैमा आश्चर्यजनक छ । यसै सन्दर्भमा विभिन्न समयमा आम लगानीकर्ताहरुसँग भएका सहमतिलाई व्यवास्ता गरिरहेकाले विभिन्न स्वरुपको आन्दोलन एवं दबाबका कार्यक्रमहरु गर्न परिरहेको छ । यसै सन्दर्भमा आम लगानीकर्ताहरुको प्रतिनिधित्व गर्दै पूजीवजारको दिगो विकास, विस्तार र स्थायी नीतिका लागि २०७९ असार १ गते देखि लगानीकर्ता तिलक कोइरालाद्धारा आमरण अनसन घोषणा गर्नुभएको थियो । तिलकजिले पूर्व निर्धारित कार्यक्रम बमोजिम आफ्नो ज्यानलाई जोखिममा राखी अदम्य शाहस देखाउदै १० दिन सम्म निरन्तर अनसन जारी राख्दै पूजीवजारलाई राष्ट्रिय चासो र वहसका रुपमा छलफल गराउन सफल हुनुभएकोमा उहाँ प्रति आभार व्यक्त गर्दछौ । यसका साथै अनशन, विरोध र दबाब कार्यक्रमलाई नियामक निकायले १९ बुदि मागहरुको ठोस कार्यान्वयनमा नलग्दासम्म दबाव कार्यक्रमलाई निरन्तरता दिने वचनबद्दता सहित सम्पुर्ण लगानीकर्ता संघ संगठन गोलबद्ध भएको कुरा जानकारी गराउँदछौ । उक्त आमरण अनसन सहितको दबाबमुलक आन्दोलनबाट नेपाल धितोपत्र बोर्ड र आन्दोलनरत पक्ष बिचमा भएको सम्झौतालाई यस स्वतन्त्र पुंजीबजार सुधार संघ हार्दिक स्वागत गर्दछ ।' 

यसै परिप्रेक्षमा विगतमा राज्य पक्ष र लगानीकर्ताहरुबीच भएका सम्पुर्ण सम्झौता अनुरुप अक्षरस पालना गर्नका लागी नेपाल धितोपत्र बोर्ड सहितका सम्बद्ध निकायहरुलाई गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौ । साथै यस आन्दोलनमा एकजुट भई सम्पन्न भएको सम्झौताको कार्यान्वयनमा सम्बन्धित पक्षहरुको संयोजन र सहकार्यको उचित वातावरण तयार हुनुपर्ने कुरा अवगत गराउन चाहन्छौ । सयुक्त आन्दोलनमा गोलबद्ध हुँदाको मुल मर्मलाई कुनै व्यक्ति वा निकायबाट आघात पूर्याउन नहुने कुरामा सचेत गराउन चाहन्छौ । उक्त सम्झौतामा उल्लेखित बुदाहरु कार्यान्वयनमा यस स्वतन्त्र पूजीवजार सुधार संघको पुर्ण सहयोग हुने कुरा समेत अध्यक्ष शुशिल कुमार लुनियाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

62b95d7d97923.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको