Like us!
Follow us!
Connect us!
Watch us!

'मन्त्रिपरिषदले कुनै बाहानाबाजी नगरि ब्रोकर सम्बन्धी नियमावली पारित गर्नुपर्छ'

अर्थ संसार

शुक्रबार, २७ साउन २०७९, १८ : ५६ मा प्रकाशित

'मन्त्रिपरिषदले कुनै बाहानाबाजी नगरि ब्रोकर सम्बन्धी नियमावली पारित गर्नुपर्छ'

लगानीकर्ताहरुका तीनवटा लगानीकर्ता संगठनहरुले आज शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै कुनैपनि बहानामा ब्रोकर लाइसेन्स वितरण गर्नेसम्बन्धी संशोधित नियमावलीको मस्यौदा नरोक्न आग्रह गरेका छन् । 

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

विश्वले कोरोना महामारी र मानव सृजित रुस र युक्रेन विच चलिरहेको युद्धले विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दिको भार खेपिरहनु परेको आजको अवस्थामा नेपालको शेयर बजारले आज सम्मको उच्चतम ३२०० ईन्डेक्स वाट स्खलित भई २०००को हाराहारीमा रहिरहेको छ । आफ्नै गतिमा शेयर बजारको हिडाईलाई चल्न दिई रहनु पर्ने अवस्थामा नियामक निकाय विषेश गरी नेपाल राष्ट्र बैंक द्वारा सार्वजनिक गरिने शेयर बजारलाई प्रत्यक्ष असर पर्ने गरि मौद्रिक निती जारी हुने अवस्थाले पूँजी बजार अप्राकृतिक रुपमा चलिरहेको यहाँहरु पनि जानकार नै हुनुहुन्छ, विज्ञप्तीमा भनिएको छ । 

हालै जारी गरिएको मौद्रिक नितीले पहिलो पटक धितोपत्र बोर्डलाई नेपालको पूँजी बजारको सर्वोच्च निकायको रुपमा मान्यता दिएको छ । यस विषयमा हामी सम्पूर्ण लगानीकर्ताहरु खुसी र गौरवान्वित भएका छौं र नेपाल धितोपत्र बोर्डलाई हार्दिक वधाई दिन चाहन्छौ । यसै सन्दर्भमा नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको निती तथा कार्यक्रममा बोर्डले लगानीकर्ताहरु संग हातेमालो गर्दै नेपालको पूँजीवजारमा संगसंगै काम गर्ने कुरालाई व्यवहारबाट नै प्रमाणीत गरेको हामी लगानीकता संघ संगठनहरुलाई अनुभव भएको छ । धितोपत्र बोर्डबाट प्रस्तुत निती तथा कार्यक्रममा प्रस्तुत विषयमध्ये नियामक निकाय विचको असमझदारिवाट लगानीकर्ता कसरि प्रताडित हुन्छन भन्ने कुरा विगतका नेप्से र धितोपत्र बोर्डको क्रियाकलापले प्रमाणित गरी सकेको सन्दर्भमा नेपाल स्टक एक्सचेञ्जलाई निजिकरण वा नयाँ स्टक एक्सचेञ्ज खुल्ने करा अत्यन्त समसामयिक देखिएको हुँदा उक्त कार्यलाई यथाशिघ्र कार्यान्वयन गर्नु पर्ने अत्यन्त आवश्यक भएको छ । साथै निती तथा कार्यक्रमको सवै भन्दा महत्वपूर्ण कुरा लगानीकर्ताको हित भन्दा हाम्रो अर्को कुनै उद्देश्य नभएको र जसरी पनि लगानीकर्ता मैत्री कार्यक्रम मात्र ल्याउने श्रीमान अध्यक्षज्यूको प्रतिवद्धतालाई सहयोग पुग्ने गरी तत्काल ब्रोकर, नेप्से, सिडियस र स्वयं धितोपत्र बोर्डको समेत लगानीकर्ताहरुबाट असुल गर्दै आएको कमिसन तत्काल घटाउन, नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट पारित भई मन्त्रिपरिषदमा पेश भएको नयाँ ब्रोकर लाईसेन्स वितरण सम्बन्धि कार्यलाई कुनै ढिलासुस्ति वा बाहानाबाजी नगरि यथाशिघ्र ५० लाख प्रत्यक्ष सहभागी लगानीकर्ताहरुको आवश्यकतालाई मध्य नजर गर्दै नेपाल सरकार मन्त्रि परिषदवाट स्विकृत गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल कदमिको लागि अनुरोध गर्दछौ । मर्जरको नाममा लामो समय सम्म शेयर कारोवार रोक्का रहेको अवस्थालाई तत्काल सम्बोधन गर्न र लगानीकर्ताहरुले कहालि लाग्दो गरी तिर्दै आएको क्लोज आउटको समस्या समाधानको लागी अक्सन मार्केटको तत्काल व्यवस्था गरिएको अवस्थामा धितोपत्र बोर्ड को जिम्मेवारी र गरिमाको अझ बढि महत्व हुनाका साथै हामी लगानीकर्ताहरुले अब साँच्चै नै हाम्रो अभिभावक पाएको महशुस गरेका छौं । बजारमा नयाँ लगानीकर्ताहरु सहभागी भै नेपालको पूंजी वजारको आशाका किरणहरु प्रज्वलित हुने कुरामा लगानीकर्ता विस्वस्त छौं ।
 

62f652c96b28b.jpg 62f652c98077e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको