Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आंशिक सञ्चालनमा

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १३ : ३९ मा प्रकाशित

भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आंशिक सञ्चालनमा

भरतपुरबाट बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारणलाइनमा विद्युत प्रवाह गरी सञ्चालनमा ल्याइएको हो ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुनेछ ।अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत आपूर्ति हुनेछ । 


पुरानो १३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत आपूर्ति भएपछि भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधै पठाउन सकिने छ । अहिले चालु रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारणलाइन सिंगल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत पठाउन नसकिने वाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत आपूर्ति गर्न सकिने भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको