नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस