Like us!
Follow us!
Connect us!
Watch us!

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि कम्पनी खोल्ने सरकारको निर्णय

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १८ : ४३ मा प्रकाशित

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि कम्पनी खोल्ने सरकारको निर्णय

मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव बैठकले पारीत गरेको हो ।

यसअघि गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरीसकेको छ । आगामी आर्थिक वर्ष बाट आयोजनाका लागि लगानी जुटाएर निर्माण थाल्ने सरकारको तयारी छ ।

बूढीगण्डकी जलविद्युत आयोजना सुरुमा प्रचण्ड नेतृत्वको सरकारले ईपीसीएफ मोडलमा बनाउन गेजुवालाई दिने निर्णय गरेको थियो । त्यसपछि आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त निर्णयलाई उल्ट्याउदै स्वदेशी लगानीमै बनाउने निर्णय ग¥यो । सोही समयमा बूढीगण्डकी आयोजना स्वदेशी पूँजीमा बनाउन राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वणिर्म वाग्ले नेतृत्वमा सुझाव समिति पनि गठन गरीएको थियो । 

तर २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले पुनः राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमा गेजुवालाई दिने निर्णय ग¥यो । गेजुवा भने अहिलेसम्म लगानीका लागि तयार भएन ।

त्यसपछि वर्तमान देउवा सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वणिर्म वाग्ले नेतृत्वमा सुझाव समितिको प्रतिवेदन बमोजीमै स्वदेशी लगानीमा कम्पनि मोडल अनुरुप अगाडी बढाउने भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको