Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको अनुमति माग्दै ट्रेड टावरले दियो धितोपत्र बोर्डमा आवेदन

अर्थ संसार

बुधबार, १५ असार २०७९, ०८ : २२ मा प्रकाशित

आईपिओ निष्काशनको अनुमति माग्दै ट्रेड टावरले दियो धितोपत्र बोर्डमा आवेदन

साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति माग्दै ट्रेड टावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि अनुमति मागेको हो ।कम्पनीको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको प्राथमिक सेयरको बिक्रि नभएमा बिक्रि नभएको शेयर प्रभु क्यापिटलले खरिद गर्ने छ । 

कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको