Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशनबीच सम्झाैता, डिजीटल भुक्तानीमा सहजता

अर्थ संसार

बुधबार, १५ असार २०७९, १६ : ४६ मा प्रकाशित

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशनबीच सम्झाैता, डिजीटल भुक्तानीमा सहजता

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (TAAN) को बीच डिजीटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र TAAN को तर्फबाट अध्यक्ष खुब बहादुर सुवेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका  TAAN   सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ ।

यी सेवाहरुले गर्दा टानका TAAN  सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको