Like us!
Follow us!
Connect us!
Watch us!

‘अमेरीकाले मनपरी डलर छाप्दा यस्ता अवस्था आयो : अझै सेयरमूल्य घट्छ, महँगी बढ्छ’

अर्थ संसार

बुधबार, १५ असार २०७९, १७ : ०७ मा प्रकाशित

‘अमेरीकाले मनपरी डलर छाप्दा यस्ता अवस्था आयो : अझै सेयरमूल्य घट्छ, महँगी बढ्छ’

प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सेयरको मूल्य अझै घट्ने र महङ्गी बढ्ने बताएका छन् । महालेखा परिक्षकको कार्यालयले ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले अहिलेको परिस्थितीमा सजग नबने नेपालको अवस्था पनि श्रीलंकाको जस्तो बन्ने संकेत गरेका छन् । उनले हरेक नेपालीले आफ्नो जिम्मेवारी बहन गरेर देशलाई बचाउनुपर्ने बताए । अहिले विश्वमा देखिएको महँगी रसिया युक्रेन युद्धका कारण भन्दा पनि अमेरिकाले कोभिडका समयका जथाभावी पैसा छाप्दा आएको तर्क गर्दै उनले भने ‘यो परिस्थिती हामीले सिर्जना गरेको त होईन, यो अवस्था अमेरिकाबाटै आएको हो यो कुनै युक्रेन वारले आएको होईन अमेरिकाले जथाभावी पैसा छापेर बाँड्दा यस्तो अवस्था आयो ।’

‘अमेरिकाले त्यसरी बाँडेको पैसा सेयरमा लगानी गरे डाइरेक्ट फरेन इन्भेष्टमेन्टका माध्यमबाट भारत लगायत विभिन्न देशको सेयर बजारमा लगानी गरे’ उनले भने ‘भारतका पनि कतिले नेपालमा लगानी गरे होला, कोभिड पछि महँगी बढ्यो अनि महँगी घटाउनलाई त कि प्रोडक्सन घटाउन पर्यो की त उपभोग घटाउन पर्यो प्रोडक्सन एसै पनि पुर्ण क्षमतामा रहेकाले त्यहाँका रिजर्भ बैंकहरुले उपभोग घटाृनका लागी मार्केटबाट पैसा तान्न्नका लागि ब्याज बढाउन थाले जसको कारण संसारभर यस्तो समस्या आयो अब अझै सेयरको भाउ घट्छ अझै महँगी बढ्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको