Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको १ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

विहीबार, १६ असार २०७९, ०८ : ०१ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको १ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले १ लाख २८ हजार ८ सय १२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ५०८ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । अब आवेदन दिनेहरुले न्यूनतम ५०८ रुपैयाँ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन्, आवेदन दिँदा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई संस्थाको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

संस्थाको सूचनाः

62bd087801f4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको