Like us!
Follow us!
Connect us!
Watch us!

चीनसँगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

अर्थ संसार

आइतबार, १९ असार २०७९, ११ : ०१ मा प्रकाशित

चीनसँगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेका छन् । .श्रेष्ठसँग भएको भेटवार्ताका क्रममा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।

नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्ने अध्यक्ष मल्लले बताए । 

नेपाल चीनबीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे  । चिनियाँ नागरिकहरुको बिश्व भ्रभण गर्ने प्रवृति बढ्दै गइ रहेको सन्दर्भमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरेका छन् । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिए । नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु्र्याउन आफुले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको