Like us!
Follow us!
Connect us!
Watch us!

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न', घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १९ : २९ मा प्रकाशित

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न', घरैमा बसेर सस्तोमा होटल र फ्लाइट टिकट बुकिङ

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरि ‘जाम्न’ बनाइएको छ ।नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए ।

जाम्नको मोबाइल एप र अफिसियल वेबसाइट (Jaamna.com) बाट नेपालको ५ वटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ । 

नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र  होटल र एयरलाइन्स बुक गर्न सकिन्छ । साथै अनलाईन मार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनौट गरि सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।

यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्यक होटल बुकिङ पश्चात ‘जीक्यास’ प्राप्त गर्नेछन् । सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटल बुकिङ, फ्लाईट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यस बाहेक जाम्नले जुलाई महिना भरीका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले जाम्न मार्फत होटल बुकिङ लगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरि ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ । 

साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने बताइएको छ ।

ग्राहकले जाम्न नै किन रोज्ने ?

हामी ग्राहकलाई सिधै होटल र एयरलाइन्ससँग जोड्छौँ । नेपालकै पहिलो ओटिए प्लाटफर्म र एक हजार ५ सयभन्दा धेरै नेपाली होटलहरू र एयरलाइन्सहरूमा सहजै नेपालको कुनैपनि डिजिटल पेमेन्ट वा बैंक कार्ड प्रयोग गरी बुक गर्न सकिनेछ । भने प्रत्यक बुकिङबाट क्यास ब्याक र जिक्यास पनि प्राप्त गर्न सकिनेछ । व्बबmलब.अयm मा पे एट होटल भएका कारण सिधै होटलमै पुगेपछि मात्र रकम भुक्तानी गर्ने व्यवस्था रहेको यो नै पहिलो ओटिए प्लाटफर्म हो । 

होटलले जाम्न नै किन रोज्ने ?

जाम्न नयाँ डिस्ट्रक्टिभ स्टार्टअप हो । ‘अहिलेको समस्या भनेको होटलले रुम बेचिसकेर ग्राहक फर्किसक्दा पनि होटल सञ्चालकले पैसा पाउँदैनन् । अन्य ओटिए प्लेटफर्मले तीन सातासम्म होटलको पैसा होल्ड गर्छन्,’ खड्का भन्छन्, ‘हाम्रो अर्को रणनीति भनेको यात्रुले होटल चेकआउट गरेको दुईदेखि पाँच दिनभित्र होटललाई पैसा दिनु हो ।’

हालसम्म कम्पनीले नाफा कमाउनेभन्दा पनि प्रयोगकर्ता बढाउने र व्यापार प्रवद्र्धन गर्नेतर्फ जोड दिएको खड्का बताउँछन् ।

त्यस्तै, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कम्पनीले  ‘नेपालको पर्यटन प्रवद्र्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिजम नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको