Like us!
Follow us!
Connect us!
Watch us!

जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, १२ : ५७ मा प्रकाशित

जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद

नेपालको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन’ अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत आफ्नै घरगाउँको ऐतिहासिक ठाउँ, होटल, पर्यटकीय गन्तव्यहरुको प्रवद्धन गर्नेले ३० हजारसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यो अभियानमा सहभागी हुन इच्छुकले जाम्नलाई कुनै पर्यटकीय ठाउँको भिडियो बनाएर पठाउनु पर्नेछ । पठाएको भिडियो जाम्नले पोस्ट गरिसकेपछि भिडियो पठाउने व्यक्तिहरुले ह्यास ट्यागसहित प्रमोटिङ नेपाल, ट्राभल विथ जाम्न लेखेर आफ्नो सामाजिक सञ्जालका खाताहरुमा सेयर गर्नुपर्नेछ । 

यसरी सेयर गरिएको भिडियोको भ्युज, लाइक र कमेन्ट्सका आधारमा उत्कृष्ट घोषणा गरी उक्त नगर पुरस्कार दिइनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको