Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल

अर्थ संसार

बुधबार, २२ असार २०७९, ०८ : १९ मा प्रकाशित

एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल

एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल चयन भएका छन्। डाल्लास टेक्सासकोमा भएको एनआरएन सदस्यहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गरेको हो। पौडेल यस पहिले एनआरएन अमेरिकाको कार्यवाहक अध्यक्ष थिए।

यसैगरी भेलाले एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका आइसीसीका कोषाध्यक्ष सुनिल साहलाई संघको प्रमूख संरक्षकमा चयन गरेको छ। यसैगरी संघको रिक्त एक संरक्षकमा कृष्ण लामिछानेलाई चयन गरिएको छ।

संघको राष्ट्रिय समितिको संरक्षकहरुमा  डा अर्जुन बन्जाडे, तिलक केसी र शिव राईलाई चयन गरिएको छ। लामिछाने,बन्जाडे र केसी एनसीसी अमेरिकाको गत वर्ष सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए भने राई पूर्व अध्यक्ष हुन्।

अध्यक्ष चयन गरेपछि बसेको पहिलो बैठकले आइसीसीले तोकेको मापदण्ड अनुसार एनआरएन एनसीसी अमेरिकाको सदस्यता वितरण गर्ने र कार्य समितिको रिक्त पदाधिकारी र सदस्य पदपूर्ति गर्ने निर्णय गरेको छ। पदपूर्तिका लागि अध्यक्ष पौडेललाई जिम्मेवारी दिइएको छ।

डाल्लास भेलामा एनआरएन अमेरिकाको गत निर्वाचनका अध्यक्ष पदका चार प्रत्यासी मध्ये तीन जना कृष्ण लामिछाने,डा.अर्जुन बन्जाडे र तिलक केसीसहित एनआरएन अमेरिकाका विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरु सहभागी थिए। यसैगरी दुई दिने भेलामा एनआरएन आइसीसीका सचिव शंकर खड्का, कोषाध्यक्ष सुनिल साह, सह कोषाध्यक्ष यमुना भट्टराई, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रिय उप संयोजक पुरुषोत्तम बोहोरा र पशुपति पाण्डे समेत सहभागी थिए। आइसीसीका सहभागी पदाधिकारीहरुले अब अमेरिकामा अर्को एनसीसी नरहेको बताएका थिए। भेलाको उद्घाटन प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गरेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको