Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्माले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थ संसार

बुधबार, २२ असार २०७९, ११ : ४१ मा प्रकाशित

अर्थमन्त्री शर्माले राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा

अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री जनार्दन शर्माले राजिनामा नदिएसम्म अर्थ मन्त्रालय नआउने घोषणा गरेका छन् । उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

उनले आज बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री देउवा समक्ष जनार्दन शर्मा मन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने घोषणा गरेका बालुवाटार श्रोतले जनाएको छ । 

एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको