अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिने भएका छन् । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीव्र आलोचनापछि साेही विषयमा बाेल्दै अर्थमन्त्री शर्माले आज सदनमा जवाफ दिने भएका हुन् ।
यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको छ । विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्रीलाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने एमालेले बताएकाे छ ।
यसअघि पनि एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस