Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कपडा सिलाउने सियो पनि बन्दैन, ११ महिनामा एक करोडभन्दा बढीको सियो आयात

अर्थ संसार

बुधबार, २२ असार २०७९, १२ : ४५ मा प्रकाशित

नेपालमा कपडा सिलाउने सियो पनि बन्दैन, ११ महिनामा एक करोडभन्दा बढीको सियो आयात

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात भएकाे छ । यस अवधिमा नेपालमा १९ हजार ७८४ केजी सियो भित्रिएको हाे । 

विभागका अनुसार भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो भित्रिएका छन् । 

गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको