Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाकाे बैठक २ बजेसम्मलाई स्थगित

अर्थ संसार

बुधबार, २२ असार २०७९, १३ : १५ मा प्रकाशित

प्रतिनिधिसभाकाे बैठक २ बजेसम्मलाई स्थगित

प्रतिनिधिसभाकाे बैठक २ बजेसम्मलाई स्थगित भएकाे छ । बिहान ११ बजेदेखि सुरू गर्ने भनिएकाे बैठक अर्थमन्त्री प्रकरणका कारण सुरू हुन नसकेपछि समय परिवर्तन गरिएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम बैठक सरेकाे हाे । 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिने भएका छन् । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीव्र आलोचनापछि साेही विषयमा बाेल्दै अर्थमन्त्री शर्माले आज सदनमा जवाफ दिने भएका हुन् । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको छ ।  विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्रीलाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने एमालेले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको