Like us!
Follow us!
Connect us!
Watch us!

बजेट निर्माण प्रकृयामा हाम्रो कुनै संलग्नता छैन, पुष्टि भए कारवाही भोग्न तयार छौँः चौधरी ग्रुप

अर्थ संसार

बुधबार, २२ असार २०७९, १३ : ३३ मा प्रकाशित

बजेट निर्माण प्रकृयामा हाम्रो कुनै संलग्नता छैन, पुष्टि भए कारवाही भोग्न तयार छौँः चौधरी ग्रुप

अहिले संसददेखि सडकसम्म अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरिएको छ । बजेट निर्माण प्रक्रिया स्वार्थ समूहलाई गैरकानुनी रुपमा सहभागी गराइएको भन्दै उनको चर्को विरोध भइरहेको छ । अर्थमन्त्रीसंगै अहिले बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोप लागेको चौधरी ग्रुपले यसको खण्डन गरेको छ । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक (एमडी) निर्वाण चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति ध्यानाकर्षण भएको भएको भन्दै बजेट निर्माण प्रकृयामा चौधरी ग्रुपको कुनै चासो र सरोकार नरहेको बताएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको