Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता, विद्युत् व्यापारबारे छलफल

अर्थ संसार

बुधबार, २२ असार २०७९, १४ : ४० मा प्रकाशित

भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता, विद्युत् व्यापारबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएकाे छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । 

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको बताइन् । साथै उनले अगामी दिनमा यस्तो सहकार्य अझ विस्तार हुने पनि बताइन् । उनले नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक रहेको बताइन् ।

उनले भनिन्, ‘हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ ।’ उनले पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।     

सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने बताए । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै उनले पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको