Like us!
Follow us!
Connect us!
Watch us!

हवाई भाडा बढ्यो, न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि

अर्थ संसार

विहीबार, २३ असार २०७९, ०७ : ३१ मा प्रकाशित

हवाई भाडा बढ्यो, न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि

नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको हो । 

नयाँ हवाई भाडाअनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि भएको छ । सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपियाँले भाडा बढेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको ४५ रुपियाँले भाडा बढेको छ । 

सिमराको नयाँ भाडादर चार हजार २४० रुपियाँ कायम गरिएको छ । नयाँ भाडा  दरअनुसार  काठमाडौँबाट  पर्वतीय  उडानको  भाडा १७० रुपियाँ वृद्धि भई प्रतिव्यक्ति १४ हजार ८९० रुपियाँ पुगेको छ । हवार्ई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर  पाँच  रुपियाँले  वृद्धि  भएपछि  भाडा  वृद्धि  भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको