Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलद्वारा मोबाइल एप लन्च, अनलाइनबाटै सबै सुविधा

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १० : ३२ मा प्रकाशित

प्रभु क्यापिटलद्वारा मोबाइल एप लन्च, अनलाइनबाटै सबै सुविधा

प्रभु क्यापिटल लिमिटेडले प्रदान गर्ने विभिन्न सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ प्रभु क्यापिटल डिजिटल एप निर्माण गरी हिजाे असार २३ गतेबाट सञ्चालनमा ल्याएकाे छ । 

यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन् । 

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि यो एपमा रहेको छ । यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको छ । 

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसीको लागि समय लिई सो समयमा भिडियो केवाइसी सम्पन्न गर्न सक्नेछन् । यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको