Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वअर्थमन्त्री खतिवडाको सुझाव-‘गभर्नरको काम समस्या समाधान गर्ने हो, बोल्दै हिँड्ने हैन’

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १२ : २८ मा प्रकाशित

पूर्वअर्थमन्त्री खतिवडाको सुझाव-‘गभर्नरको काम समस्या समाधान गर्ने हो, बोल्दै हिँड्ने हैन’

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री जस्तो महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुले आम जनतालाई अत्याउने अभिव्यक्ति दिनु नहुने बताएका छन्। राष्ट्र बैंकको गभर्नरको रुपमा समेत काम गरीसकेका खतिवडाले पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमा बारम्बार मुलुकको अर्थतन्त्र निकै खराब हुनसक्ने भन्ने अभिव्यक्ति दिनु उचित नरहेको बताएका हुन्।  

'सत्य कुरा पनि कहिलेकाहिँ नगर्दा राम्रो हुन्छ। समस्या आफुले रियलाइज गर्ने हो र समाधानको बाटोमा लाग्ने हो। समस्या छ भने समाधान गर्नतर्फ पो लाग्नुपर्यो। समस्या मात्र देखाईदिने कुराले त प्रश्न उठ्नु स्वाभाविक हो। के हेरेर बसेको त भन्ने प्रश्न उठ्छ।  

पूर्व गभर्नर भएको हिसाबले म भन्दा अघिका र पछिका गभर्नरहरुको ठाडो आलोचना म गर्दिन, त्यो मेरो धर्म हो। तर गभर्नर अर्थमन्त्रीजस्ता अति महत्वपूर्ण जिम्मेवारीको पदमा बसेका व्यक्तिहरुले बोल्दा निकै विचार पुर्याउनुपर्छ।  वित्तिय क्षेत्रको संरक्षक भएकाले गभर्नर र समग्र अर्थतन्त्रको संरक्षक भएकाले अर्थमन्त्रीले आफ्ना अभिव्यक्तिहरुले आम सर्वसाधारणमा ठूलो प्रभाव पार्ने हुँदा यदि समस्या छ भनेपनि समस्या समाधान गर्न हामी यो यो काम गर्दैछौं भनेर जनतालाई आश्वस्त पार्ने काम गर्नुपर्छ। विकराल समस्या छ भनेपनि हामी यसरी अघि बढ्नेछौं, यसरी संकटबाट बाहिर निस्किन्छौँ भनेर मार्गचित्र देखाउनुपर्ने व्यक्तिहरु आफै अब देश यस्तो हुँदैछ, भयंकर नराम्रो अवस्था आउँदैछ भनेर भाषण दिँदै हिड्न थालेपछि जनताहरु आत्तिई हाल्छन नि !' उनले भने।  

अर्थमन्त्रीको राजीनामाले मौद्रिक नीति अलिक पर धकेलिएला कि भन्ने प्रश्नमा बजेट आइसकेको अवस्थामा सोहि बजेटलाई आधार बनाएर नीति तर्जुमा गरिने हुनाले अर्थमन्त्री नभए पनि खासै फरक नपर्ने बताए। राष्ट्र बैंकको संचालक समितिमा अर्थसचिवले प्रतिनिधित्व गर्ने भएकाले अर्थसचिव भएपछी मन्त्री नहुँदा पनि फरक नपर्ने उनले बताएका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको