Like us!
Follow us!
Connect us!
Watch us!

फेरी भयावह बन्दै कोरोना : एकै दिन ९८ नयाँ थपिए

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १७ : ३१ मा प्रकाशित

फेरी भयावह बन्दै कोरोना : एकै दिन ९८ नयाँ थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ९८ जना नयाँ कोभिड १९ का संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १०६१ नमूना परीक्षण गर्दा ८३ र एन्टीजेन विधिबाट १०९३ नमुना परीक्षण गर्दा १५ गरी २१५४ नमूना परीक्षण गर्दा ९८ नमूनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्ने हो भने संक्रमण दर ७.८२ करिब ८ प्रतिशत पुगेको छ । समग्र संक्रमण दर ४.५४ प्रतिशत देखिएको छ ।

यस अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको