Like us!
Follow us!
Connect us!
Watch us!

४/१२ काे नीति पुनरावलाेकन हुनुपर्छ : गोकर्ण अवस्थी

अर्थ संसार

आइतबार, २६ असार २०७९, १४ : ४८ मा प्रकाशित

४/१२ काे नीति पुनरावलाेकन हुनुपर्छ : गोकर्ण अवस्थी

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले माैद्रिक नीति मार्फत् ४/१२ काे नीति पुनरावलाेकन हुनुपर्ने बताएका छन् ।

महासंघले आज आयोजना गरेको माैद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले भने, "सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे लिमिट र जाेखिम भारकाे कुरा छ । त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्छ ।  

लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्छ : शेखर गोल्छा

अहिलेकाे अवस्था जटिल रहेकाे भन्दै उनी भन्छन्, "साधारणतया पैसा बढी भयाे भने मुद्रास्फिती बढ्छ भन्ने छ तर अहिले पैसा पनि छैन मुद्रास्फिती पनि बढेकाे छ । याे जटिल अवस्था छ ।" 

८० प्रतिशत स्थानियमा जाने पैसा पनि निक्षेपमा गणना गर्न पाउने व्यवस्थाकाे निरन्तरता हुनुपर्ने उनले बताए । बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेकाे पैसा पनि बैंकिङ्ग च्यानलमा ल्याउन राष्ट्र बैंकले पहल गर्नुपर्नेमा उनले जाेड दिएका छन् । रेमिट्यान्स पनि बैंकिङ्ग च्यानलबाट आइरहेको नपाइएको उनले जानकारी दिए ।

गैरआवासीय नेपालीलाई नेपालमा डिपोजीट गर्नसक्ने व्यवस्था मिलाउनु पर्ने भन्दै उनले त्यसका लागि महासंघले पनि सहयोग गर्ने बताए ।  त्यस्तै बैंकहरूकाे ब्याजदर सिङ्गल डिजीटमा राख्न सकियाे भने त्यसले अर्थतन्त्र सुधारमा मद्दत पुग्ने बताए । 

त्यस्तै उनले कृषि कर्जाको दुरूपयोग भइरहेको भन्दै यसको राम्ररी Monitoring गर्न राष्ट्र बैंकले जाेड दिनुपर्ने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको