Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट भारतमा सिमेन्ट निर्यात, तानसेन सिमेन्टले गर्याे सुरूवात

अर्थ संसार

सोमबार, २७ असार २०७९, १४ : ३४ मा प्रकाशित

नेपालबाट भारतमा सिमेन्ट निर्यात, तानसेन सिमेन्टले गर्याे सुरूवात

नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक समारोह गर्दै ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो ।

आरएमसी समुहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल भन्छन्, “हामीले परीक्षणको रुपमा भारतको गोरखपुरमा तीन ट्रक सिमेन्ट निकासी गरेका छौं । सरकारको नीति कुरेर बसेनौँ सरकारको छुट आँउदै गर्छ । निकासी शुरु गरेर विदेशी सञ्चिति बढाउँ भन्नेतर्फ लाग्यौं ।” यो उद्योगले १५ दिन अघि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) पाएको थियो ।

आरएमसी समुहको विरगंजमा रहेको आरएमसी सिमेन्टले चार वर्षअघि भारतमा केही ट्रक सिमेन्ट निकासी गरेको थियो । सिमेन्टमा ९० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि हुने भएकोले निकासीबाट पनि अधिकतम लाभ हुन्छ । सरकारले बजेटमार्फत सिमेन्ट निकासीमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेपछि विभिन्न उद्योगले भारतिय बजार हेरिरहेका थिए । अरु उद्योगले अध्ययन गरिरहेका बेला पाल्पाले भने निकासी गरेर बाटो खोलेको हो । 

हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको