Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालको अर्थतन्त्र ‘भि सेप रिकभरीमा’, हाम्रो अर्थतन्त्र श्रीलंका जस्तै बन्नै सक्दैन’

अमिर तिमिल्सेना

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ११ : ४४ मा प्रकाशित

‘नेपालको अर्थतन्त्र ‘भि सेप रिकभरीमा’, हाम्रो अर्थतन्त्र श्रीलंका जस्तै बन्नै सक्दैन’

अहिले जसरी बजारमा नेपालको अर्थतन्त्र श्रीलंकको जस्तै बन्दैछ भनेर हौवा फैलाईएको छ त्यो कुनैपनि दृष्टिकोणबाट सहि देखिदैन । पहिलो कुरा त हाम्रो देशको अर्थतन्त्र र श्रीलंकको अर्थतन्त्रको स्वरुपमा नै भिन्नता छ जस्तो अवस्थामा पनि नेपालको अवस्था श्रीलंकको जस्तो नबन्ने कुरा स्वयम अर्थशास्त्रीहरुले नै भनिरहेका छन् ।

त्यस्तै सोमबार मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाले पनि हाम्रो अर्थतन्त्र थप बिग्रदो भन्दा पनि सुधारोन्मुख रहेको संकेत गरेको छ । देशमा केहि समस्या नै नभएको भने पक्कै पनि होईन तर बजार फैलाईएको हौवा जस्तो नकारात्मक अवस्था पनि हाम्रो छैन । अहिलैकै अवस्थामा सरकार, सम्बन्धित निकाय र स्वयमं हामि जनाताहरु समेत सचेत भयौ भने पक्कै पनि हाम्रो अर्थतन्त्र छिट्टै पुरानै लयमा फर्कने छ । 

यो बर्षको वैशाख महिनासम्म बिदेशी मुद्रा संचित घटेर ९ अर्ब २८  करोड़ अमेरिकी डलरमा सिमित भएको थियो तर जेठ महिनाको अन्तिम सम्ममा यो १७ करोडले बढेर ९ अर्ब ४५ करोड अमेरिकी डलर पुगेको छ (बैशाखमा नेपालि रुपैया ११ खर्ब ४६ अर्ब रहेको बिदेखी मुद्रा संचित रकम जेष्ठ महिना सम्ममा ३० अर्बले बढेर ११ खर्ब ७६ अर्ब संचित रहेको छ)्र 

सोधानान्तर घाटा बैशाख सम्ममा २८८ अर्ब रहेको मा जेठ महिनामा घटेर त्यो २६९ अर्बमा झरेको छ, ्रबैशाख महिनामा ८७ अर्ब रेमिट्यान्स आएकोमा जेठमा त्यो बढेर ९७ अर्ब पुगेको देखिन्छ त्यस्तै्र बैशाखदेख हालसम्म बैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ लाख ५० हजार रहेकोमा अबको ३ महिनामा त्यो संख्या बढेर ५ लाख पुग्ने देखिन्छ यसले गर्दा भोलिको दिनहरुमा रेमिट्यान्सको थप वृद्धि हुदै जानेछ ।  

बैशाखमा ९१ प्रतिशतमा रहेको बैंक तथा वित्तिय संस्थाहरुको सिडि रेसियो असार २७ गते सम्म आईपुग्दा ८७.१४ मा झरेको  छ ्र यसले के देखाउछ भने नेपालको अर्थतन्त्रमा भि सेप रिकभरी आएको देखिन्छ । हाम्रो अर्थतन्त्र  बजारमा हल्ला चले जसरि  बिग्रिसकेको छैन । 

हामिले सधै देश नेताहरुले मात्र विगारे नभनौ सधै नेताहरुलाई दोष दिएर हामि आफ्नो दायित्वबाट समेत पन्छिन नखोजौ देशको नागरिक भएसंगै देशको अर्थतन्त्र संकटमा भएका बेला हाम्रा पनि दायित्वहरु हुन्छ जसलाई पुरा गर्न हामिले चुक्नु हुँदैन । अहिले देशको अर्थतन्त्रमा देखिएको सबैभन्दा ठुलो समस्या नै आयात हो आयातलाई कम गर्न सकेमा पनि अर्थतन्त्रका धेरै समस्याहरु समाधान हुने देखिन्छ त्यसैपनि अहिले हामिले बिदेशी सामानको उपभोग गर्न छाडौ , स्वदेशी सामानको मात्र उपयोग गरौ जसले गर्दा देशको अर्थतन्त्र मा सुधार आउने छ ।

नेपाली  सामान प्रयोग गर्दै  गौरवान्वित भइ स्वाविमानी नेपालि बनौ जसले हाम्रो र देशको अर्थतन्त्रलाई सबल बनाउने छ अबि मात्र बन्ने छौ ‘सबल नेपाल संबृद्ध नेपाली’ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको