Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १३ : ३२ मा प्रकाशित

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा बढाएको हाे । 

यात्रुवाहक सार्वजनिक सवारी साधनमा १.७९ प्रतिशतले भाडा वृद्धि भएकाे छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.३४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको  छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए । 

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागू हुने विभागकाे सूचनामा उल्लेख छ । 

62cd273fba2ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको