Like us!
Follow us!
Connect us!
Watch us!

जनार्दन शर्माको छानबिन गर्न बनेको समितिको पहिलाे बैठक बस्यो, काउन्ट डाउन सुरू

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १४ : ४२ मा प्रकाशित

जनार्दन शर्माको छानबिन गर्न बनेको समितिको पहिलाे बैठक बस्यो, काउन्ट डाउन सुरू

पूर्व अर्थमन्त्री जनार्दन शर्माको छानबिन गर्न बनेको संसदको विशेष समितिको पहिलो बैठक आज मंगलबार बसेको छ ।  उक्त बैठक सिंहदरबारस्थित अर्थ समितिको हलमा आज बसेको हो । 

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

पहिलो बैठक बसेसँगै १० दिनको काउन्ट डाउन सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएका डेडलाइन अनुसार पहिलो बैठक बसेको १० दिनभित्र समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी रिपोर्ट तयार गर्नुपर्नेछ ।

विवादै विवादमा मुछिएका शर्माले गत बुधबार (असार २२ गते) राजिनामा दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको