Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सकाे साधारण सभा आज हुँदै, लाभांशसहित पूँजी वृद्धिकाे प्रस्ताव

अर्थ संसार

बुधबार, २९ असार २०७९, १० : ३१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सकाे साधारण सभा आज हुँदै, लाभांशसहित पूँजी वृद्धिकाे प्रस्ताव

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे १७ औँ वार्षिक साधारण सभा आज असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ भने सस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकको समेत निर्वाचन हुनेछ । 

साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिनेछ ।   

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार १५ गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको