Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान मर्जरमा जान इच्छुक, मर्जर समिति गठन

अर्थ संसार

बुधबार, २९ असार २०७९, १० : ५५ मा प्रकाशित

साना किसान मर्जरमा जान इच्छुक, मर्जर समिति गठन

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।  संस्थाले मर्जरमा जानका लागि मर्जर समिति गठन गरेकाे छ ।संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै मर्जर समिति गठन गरिएकाे जानकारी दिएकाे हाे ।

इच्छुक संस्थासँग गाभ्न/गाभिन वा प्राप्त गर्ने सन्दर्भमा वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्ने गाभ्ने/ गाभिने वा प्राप्ती गर्ने सम्झौता गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृयाहरू अघि बढाउन यस वित्तीय संस्थाको तर्फबाट “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने (मर्जर) वा प्राप्ति गर्ने (एक्विजिसन) सम्वन्धी विनियमावली २०७३ (चौथो संशोधन, २०७५ समेत)” को विनियम ५ बमोजिम संयुक्त मर्जर समितिको पदाधिकारीमा समेत रहने गरी मर्जर सम्बन्धी आवश्यक कार्यहरू गर्न मर्जर समिति गठन गर्ने र प्रस्तुत निर्णय अनुमोदन स्वीकृतिका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरिएकाे संस्थाकाे सूचनामा उल्लेख छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62ce55ed5ed15.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको