Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरकाे राजिनामाकाे माग गर्दै लगानीकर्ताले जनप्रदर्शन गर्ने

अर्थ संसार

बुधबार, २९ असार २०७९, १२ : १८ मा प्रकाशित

गभर्नरकाे राजिनामाकाे माग गर्दै लगानीकर्ताले जनप्रदर्शन गर्ने

सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे गभर्नरकाे माग गर्दै आज जनप्रदर्शन गर्ने भएका छन् । आज दिउँसाे ४:३० बजे माईतिघरमा जनप्रदर्शन हुनेछ । 

ओेलिको खेताला गभर्नरको कुकृत्यको भन्डाफोर गर्दै राजिनामा मागी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएकाे लगानीकर्ताहरूले बताएका छन् । अन्याय गर्नु मात्र अपराध हैन अन्याय सहनु पनि अपराध नै हो भन्दै यो अपराधको मोचन गर्न माईतिघर गएर जनविरोध सफल पार्न सबै लगानीकर्तालाई आग्रह गरिएको छ ।  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् । 

आज संसदमा पनि गभर्नरको राजिनामाको माग गरिएको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहनु ऐन विपरित भएको भन्दै छानबिनकाे माग गरिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको