Like us!
Follow us!
Connect us!
Watch us!

३ वर्षमा २० खर्बभन्दा बढी पैसा बजारमा पठायौँ तर त्यो पसा बैंकमा फर्किएन

अर्थ संसार

बुधबार, २९ असार २०७९, १६ : १६ मा प्रकाशित

३ वर्षमा २० खर्बभन्दा बढी पैसा बजारमा पठायौँ तर त्यो पसा बैंकमा फर्किएन

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले श्रोत व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको बताएका छन् ।

बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । मागभन्दा आपूर्ति कमजोर भएर यस्तो समस्या आएको उनको तर्क छ । विशेषगरी श्राेत व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । 

बजारमा पठाइएकाे पैसा बैंकमा नफर्किएकाे उनी बताउँछन् । कार्यक्रममा बाेल्दै उनले भने, "विगत ३ वर्षमा २० खर्बभन्दा बढी पैसा हामीले बजारमा पठायाैँ तर त्याे पसा बैंकमा फर्किएन ।"

अहिलेकाे मूल्यवृद्धि स्वभाविक रहेकाे उनकाे ठहर छ । उनी भन्छन्, "६ प्रतिशतकाे मुद्दति निक्षेपकाे ब्याजलाई हामीले १२ प्रतिशत पुर्यायौँ । अनि महँगी त बढीहाल्छ नी !" ब्याजदर बजारले निर्धारण गर्नुपर्ने उनकाे धारणा छ । कार्यक्रममा बाेल्दै उनले भने, "ब्याजदर बजारले निर्धारण गर्नुपर्छ । जाेखिम ट्रान्सफर हुने मेकानिजम हुनैपर्छ । विश्वमा यस्तै प्राक्टिस छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको