Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पूँजीवृद्धिसँगै लाभांश प्रस्ताव पारित

अर्थ संसार

बुधबार, २९ असार २०७९, १७ : २३ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पूँजीवृद्धिसँगै लाभांश प्रस्ताव पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा आज आषाढ २९ गते काठमाडौंमा सम्पन्न भएकाे छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव पारित गरिएकाे छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

त्यसैगरी,  सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट गराइएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको