Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका आकर्षक धनवृद्धि मुद्दती निक्षेप योजना

अर्थ संसार

बुधबार, २९ असार २०७९, १७ : ५१ मा प्रकाशित

कुमारी बैंकका आकर्षक धनवृद्धि मुद्दती निक्षेप योजना

कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा ईच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्नेछन् ।

उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ती पछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्नेछन् ।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत  निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । 

नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम व्याजदर दिने मध्येमा यी योजनाहरु पर्दछन् । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितकोे सो योजनामा समावेश हुने संघसंस्थाहरुले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको