Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

अर्थ संसार

विहीबार, ३० असार २०७९, १२ : ०७ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा हिजाे सम्पन्न भएकाे छ । 

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी विकास बैंक) निर्विराेध निर्वाचित भएका घोषणा निर्वाचन अधिकृतबाट गरिएकाे थियाे ।

त्यसैगरी हिजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा हिजै पद तथा गोपनियताको सपथ गराएका छन् । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको