Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा

अर्थ संसार

विहीबार, ३० असार २०७९, १३ : ०९ मा प्रकाशित

संसदमा माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा

नेकपा (माओवादी केन्द्र) ले विभिन्न विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीकाे राजिनामाकाे माग गरेकाे छ । 

आज बिहीबार संसदको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाउँदै राजिनामा समेत मागेका हुन् । एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन नभएकाे र यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले बताए ।

हिजाे बुधबारकाे संसद बैठकमा पनि सांसद रेखा शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी थिइन् । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहनु ऐन विपरित भएको भन्दै छानबिनकाे माग गरिएकाे हाे ।


  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको