Like us!
Follow us!
Connect us!
Watch us!

एम अधिकारी गभर्नर होइनन् : एमाले

अर्थ संसार

विहीबार, ३० असार २०७९, १४ : ३३ मा प्रकाशित

एम अधिकारी गभर्नर होइनन् : एमाले

नेकपा एमालेले एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएकाे छ ।  एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नरएकाे स्पष्ट पार्दै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ। 

पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेकाे भन्दै अहिले उनकाे राजिनामाकाे चाैतर्फि माग छ । यसैबीचमा एमालेले यस्ताे विज्ञप्ति सार्वजनिक गरेकाे हाे । 

एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पठाएको पत्रमा भनिएकाे छ, 'उपरोक्त विषयमा तपाईँको मिति २०७९/३/२९ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । तत् सम्बन्धमा यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम, अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सन्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी खाेटाङ भनी उल्लेखित व्यक्ति तपाईँ राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु।' 

यसअघि गभर्नर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी विभिन्न मिडियामा आफ्नो नाम जोडेर एम अधिकारी भन्ने व्यक्ति आफू नै रहेको भान हुनेगरी समाजमा भ्रम सिर्जना भएको भन्दै यसबारेमा प्रष्ट पारेर आफूलाई समेत जानकारी दिन आग्रह गरेका थिए । 

62cfdab67ca90.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको