Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन, राजीनामा नदिए बर्खास्त गर्न पौडेलको आग्रह

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ०६ : २८ मा प्रकाशित

एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन, राजीनामा नदिए बर्खास्त गर्न पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । गभर्नरले गर्दा देशमा कानुनी जटिलता निम्तिएको भन्दै उनले राजीनामा दिनुपर्ने  बताए । 

नेपाल प्रेस युनियन तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता पौडेलले सो कुरा बताएका हुन्  । पार्टीभित्र  जिम्मेवार, पदमा गभर्नर एम अधिकारीको गतिविधिले नैतिक, संवैधानिक  र कानुनी प्रश्न उठाएको पौडेलको भनाइ थियो । “नेकपा(एमाले)को कार्ड लिएर अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर  पदमा कसरी बस्न मिल्छ ?” पौडेलले प्रश्न गरे ।

“गभर्नर जस्तो व्यक्तिले जे मन लाग्यो, त्यही गर्न मिल्दैन,”  नेता पौडेलले भने, “विवादित गभर्नरले नैतिकताका अधारमा राजीनामा दिनुपर्छ ।”  राजीनामा नगरे गभर्नरलाई बर्खास्त गर्न उनले सरकार लाई सुझाव  दिए ।  गभर्नरले नेपाल श्रीलङ्काको बाटो तर्फ जाँदैछ भनेर बदनियतपूर्वक भनेको उनले बताए । “गलत बाटो गयो भने गभर्नर पनि पन्छिन मिल्छ र ? उहाँको  पनि जिम्मेवारी हुन्छ” नेता पौडेलले प्रश्न गर्दै भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको