Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको कारोबार आवश्यक छैन, बन्द गरिदिए हुन्छ : चन्द्रसिंह साउद

लगानीकर्ताको आवाज

शुक्रबार, ३१ असार २०७९, ११ : २७ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निवर्तमान सिईओ एवमं नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक चन्द्रसिंह साउदले शुक्रबार कारोबार सञ्चालन गर्न आवश्यक नरहेको भन्दै नेप्सेलाई शुक्रबारको करोबार बन्द गर्न आग्रह गरेका छन् । 

अर्थसंसारसँगको कुराकानीमा साउदले भने ‘विगतमा सरकारले शनिबार र आईतबार बिदा दिँदा सुरु भएको शुक्रबारको कारोबारलाई आइतबारको बिदा काटेसँगै शुक्रबारको पनि खुलाउन आवश्यक थिएन के कति कारणले नेप्सेले शुक्रबार पनि कारोबार खुलाउने निर्णय गर्यो त्यो त म जान्दिँन’ उनले भने ‘तर अहिलेको अवस्थामा त्यो आवश्यक थिएन अहिलेको बजारमा डिमान्ड भन्दा पनि सप्लाई बढी देखिन्छ यस्तो बेलामा कारोबार दिन बढाउँदा राम्रो गर्दैन ।’

शुक्रबार कारोबार सञ्चालन गर्ने निर्णयले सबैभन्दा बढी संस्थागत लगानीकर्ताहरुलाई अप्ठ्यारो परेको उनको तर्क छ । ‘प्राय सबै संस्थागत लगानीकर्ताहरुका लागि शुक्रबारको दिन भनेको योजना निर्माणको दिन हुने गर्दथ्याे त्यही दिन साताभरीको लगानी योजना बनाउने दिन पनि शुक्रबार नै थियो तर शुक्रबार पनि कारोबार खुल्दा योजना बनाउने समय नै पाएनन्’ उनले भने । 

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको