Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १५ : ५४ मा प्रकाशित

राप्ती हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ  । 

सीडीएसका अनुसार कम्पनीको आईपीओमा शुक्रबार दिउँसो २:३० बजेसम्म ९ लाख ५० हजार ४ सय ४१ जना लगानीकर्ताले १ अर्ब ८ कराेड ८६ लाख ३७ हजार रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ८६ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन १ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको