Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ धमाधम बिक्रीमा, हालसम्म कति पर्याे आवेदन ?

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १६ : २० मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ धमाधम बिक्रीमा, हालसम्म कति पर्याे आवेदन ?

असार २२ गते, बुधबारबाट ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१' निष्कासन तथा बिक्री खुल्ला गरिएको छ।

उक्त फण्डमा शुक्रबार दिउँसाे २:३० बजेसम्ममा ५२ हजार ६ सय ८४ जना लगानीकर्ताले ३३ कराेड ८८ लाख ८१ हजार ९ सय रूपैयाँ बराबरकाे ३ कराेड ३८ लाख ८८ हजार १ सय ९० इकाईका लागि आवेदन दिएका छन् । 

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १३ दशमलव ५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाइ कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई तथा १ दशमलव ५० प्रतिशत १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

कति दिने आवेदन ?

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम एक कराेड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

याे फण्डमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको